भारत जानुपूर्व प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई

बुधबार, १७ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान भेटवार्ता भएको छ ।

सो भेटमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी गराएका थिए ।  भेटमा परराष्ट्रसचिव भरतराज पौडेलसमेत सहभागी थिए । 

सुझावित समाचार