नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता

शुक्रबार, १२ जेठ, २०८०
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिट्यान्स भुक्तानी प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। अब नेपाल रेमिटका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सकिनेछ।

बैंकका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनालको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाले हस्ताक्षर गरेका छन्।

सुझावित समाचार