उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

मंगलबार, ९ जेठ, २०८०
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिका– १२ चिलाउनेमा चट्याङ लागेर  एक बालकको मृत्यु भएको छ।

मंगलबार वर्षासँगै परेको चट्याङ लागेर स्थानीय निमा तामाङका छोरा १२ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।

चौधरीका अनुसार गोठमा बसिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनकाे घटनास्थलमा नै मृत्यु भएको थियो। मृतकको शव कटारी अस्पतालमा पोस्टमार्टम गरी आफन्तले बुझेको चौधरीले बताए। 

See More On

सुझावित समाचार