बागमती प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अत्यका लागि सिफारिस गरेको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।
संविधानको धारा १८३ को उपधारा २ बमोजिम हिउँदे अधिवेशन अन्त्यका लागि मुख्यमन्त्री यादवचन्द्रसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेशको कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ।
यसैगरी बैठकले युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि भएको प्रवक्ता श्रेष्ठले बताए।