सिंहदरबारमा संवैधानिक परिषद्को बैठक

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठक बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका छन् । 

बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल हुने कार्यसूची छ । प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।     

सुझावित समाचार