प्रहरी सहायक हवल्दार प्रकाश पुनले बाेकेकाे पेस्तोल 'असाबधानीबस' पड्किँदा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा घाइते भएकी छिन् । शुक्रवार राती १० बजे बालुवाटारस्थित पुनको निवासमा उनकी आमालाई गोली लागेको हाे । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवालीले पुनको आमा माथि 'दुर्घटनावस' गोली लागेको र उनको स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिए ।
उनले भने,‘वर्षमान पुनको आमा माथि 'असाबधानीबस' गोली लागेको छ । प्रारम्भिक अनुसन्धान हेर्दा ‘इन्टेन्सनली’ भन्दा पनि उहाँमाथी ‘एक्सिडेन्ट्ली’ गोली लागेको जस्तो देखिन्छ । उहाँको स्वास्थ अवस्था अहिले सामान्य छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’
घटनामा संलग्न सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । प्रकाश वर्षमान पुनको निवासका सुरक्षा गार्ड हुन् । यस घटनाकाे सम्वन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।