सप्तरीको राजविराज तनावग्रस्त बनेको छ। सेवाग्राहीको अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका जनता समाजवादी पार्टीका नेतालाई प्रहरीले हातपात गरेको भन्दै उनका समर्थकले नाराबाजी गरेका छन्।
जसपाका जिल्ला अध्यक्ष केदार यादव प्रहरीको कुटाइबाट घाइते भएपछि जसपाका नेता तथा कार्यकर्ता प्रहरीविरुद्ध नाराबाजीमा उत्रिएका छन्। पादक पदार्थ सेवन गरेर प्रहरीले ड्युटी गरेकाे उनीहरूकाे आराेप छ।
उनीहरूले रक्सी खाएर ड्युटी गर्न पाइँदैन, प्रहरीलाई कारबाही गर भन्दै प्रहरी कार्यालयबाहिर नाराबाजी गरिरहेका छन्।


तस्बिर : साैरभ यादव/नयाँ पत्रिका