प्रतिनिधिसभा नियमावली पारित, सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा नियमावली २०७९ पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नियमावली पारित गरेको हो।

विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ। यसअघि सत्तापक्षका केही सांसदहरूले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रस्ताव राखेका थिए।

सो संशोधन प्रस्तावको आलोचना भएपछि अन्ततः संशोधन फिर्ता भएको हो। कार्यव्यस्था परामर्श समितिलाई बढीभन्दा बढी शक्तिशाली बनाएर सभामुखको तजबिज अधिकार कटौती गर्ने गरी संशोधन राखिएको थियो।

छलफलपछि उठेका प्रश्नहरूको जवाफ दिँदै नियमावली मस्यौदाकार समितिको तर्फबाट सांसद रमेश लेखकले थप एक उपनियम थपेर परामर्श समितिको बैठक अधिवेशन चालू रहेका अवस्थामा नियमित रूपमा र अन्य समयमा आवश्यकताअनुसार बस्ने भनी थप गरिने जानकारी दिए।

सुझावित समाचार