मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आइजिपी आजै नियुक्त हुने

शुक्रबार, १० चैत, २०७९
डिजिटल संस्करण

आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

आजको बैठकमा प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति हुने बताइएको छ। आजबाट प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह अवकाशमा जाँदै छन् ।

उनको अवकाशसँगै पाँचजना एआइजीहरूको आइजिपी बन्न प्रतिस्पर्धा छ। वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन्।  आइजिपीको दौडमा कुँवर र ज्ञवालीबीच प्रतिस्पर्धा छ । 
 

सुझावित समाचार