उपराष्ट्रपति पदका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी मतदानमा अहिलेसम्म सात सय २३ मत खसेको छ।
संघीय संसद् मतदान केन्द्रमा दुई सय ५० र प्रदेश सभा मतदान केन्द्रमा चार सय ७३ मत खसेको हो । मतदान समयावधि दिउँसो ३ बजेसम्म तोकिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी तीन सय ३२ तथा प्रदेश सभाका पाँच सय ५० मतदाता छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको छ। निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ।
गठबन्धनबाट रामसहायप्रसाद यादव र ममता झा दुई उम्मेदवार उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् भने एमालेबाट अष्टलक्ष्मी शाक्य एकल उम्मेदवार छिन् ।