मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

मंगलबार, ३० फागुन, २०७९
डिजिटल संस्करण

आज दिउँसो देशका  पहाडी भूभागका केही स्थानमा  चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार आज राति भने कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना  छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

See More On

सुझावित समाचार