जर्मनीको चर्चमा गोली चल्दा सातको मृत्यु

शुक्रबार, २६ फागुन, २०७९
डिजिटल संस्करण

जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सातजनाको ज्यान गएको छ। सो घटनामा अरू कैयौँ घाइते भएका प्रहरीले जनाएको छ।

बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो। यहाँको स्थानीय समयअनुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात् गोली चलेको थियो।

गोली हान्ने व्यक्तिबारे पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ। उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ। 

सुझावित समाचार