इतिहासमा आज

शुक्रबार, २६ फागुन, २०७९
डिजिटल संस्करण

सन् १९९४ : अभिनेत्री एवं अभियन्ता मेलिना मर्काैरीको अन्त्येष्टिमा १० लाख ग्रिसेलीको सहभागिता ।  
सन् १९९० : अमेरिकाले नेभेडास्थित परीक्षण स्थलमा आणविक परीक्षण गर्यो ।
सन् १९६० : सोभियत संघ आणविक परीक्षण रोक्न सहमत । 
सन् १९५९ : चीनले अपहरण गर्ने डरले तीन लाख तिब्बतीले दलाई लामाको दरबारलाई घेरेर राखे । ल्हासाको यो विद्रोहले तिब्बतीयन विद्रोहलाई चर्कायो ।
सन् १९५२ : क्युबामा जनरल फुल्जेन्सियो बाटिस्टाको नेतृत्वमा सैन्य कु भयो । उनलाई चे ग्वेभेरा नेतृत्वको शसस्त्र क्रान्तिले सन् १९५९ मा सत्ताच्यूत गरेको थियो । 
सन् १९१० : गणतन्त्र चीनले औपचारिक रूपमा दासप्रथा उन्मूलन गर्यो ।

सुझावित समाचार