देशको अवस्था चुनौतीपूर्ण छ, सबै एक ठाउँमा उभिनुपर्छ : नेम्वाङ

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 

बिहीबार संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले राष्ट्रपतिको सवारीमा विवाद आइरहेकोबारे सवारीमा निस्किँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभूति दिलाउने बताए ।

उनले देशको परिस्थिति कठिन रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताए । उम्मेवार नेम्वाङले राष्ट्रपति निर्वाचनका लागि आफू उत्साहित रहेको बताए ।। 
 

सुझावित समाचार