अधिकांश अमेरिकी बन्दुक मालिक बन्दुक ‘अनलक’ राख्छन् : फोर्ब्स

शनिबार, २० फागुन, २०७९
डिजिटल संस्करण
अधिकांश अमेरिकी बन्दुक मालिक बन्दुक ‘अनलक’ राख्छन् : फोर्ब्स

सन् २०१३ मा ३५औं ‘सुट शो’मा ‘गन सेफ’मा लक सेट गर्दै विन्चेस्टर सेफ प्रतिनिधि । तस्बिर : एपी

प्रायः अमेरिकी बन्दुक मालिकहरूले कम्तीमा एउटा बन्दुक सधैँ तम्तयार अवस्थामा (अनलक) राख्ने गरेको पाइएको छ ।

फोर्ब्सले बिहीबार जामा नेटवर्क ओपनमा प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार आपतकालीन अवस्थामा ढिलाइ नहोस् भनेर बन्दुक अनलक राख्ने गरेको पाइएको छ । करिब दुई हजार हतियार मालिकहरूले कसरी उनीहरूले आफ्ना हतियारहरू भण्डारण गर्छन् भन्नेबारे गरिएको सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षणअनुसार ५८ प्रतिशतभन्दा बढी बन्दुक मालिकहरूले कम्तीमा एउटा बन्दुक अनलक गर्ने गरी लुकाएर भण्डारण गर्ने गरेका छन् ।

सुझावित समाचार