नेपालको तेस्रो विकेट खस्यो, आसिफ ८१ रनमा आउट

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

दुई सय ७५ रनको विजयी लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। ओपनर ब्याटर आसिफ सेख ८१ रन बनाएर आउट भएका छन्। 

९८ बलको सामना गरेका आसिफले दुई छक्का र आठ चौका प्रहार गरे। उनले ज्ञानेन्द्रसँग एक सय ३९ रनको साझेदारी गरेर नेपाललाई बलियो अवस्थामा पुर्याएका थिए। ज्ञानेन्द्र केहीअघि आउट भए। 

अहिले क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन्। नामिबियासँगको पहिलो म्याचमा रोहितले ७२ रनको इनिङ खेलेका थिए भने कुशलले स्कटल्यान्डसँगको म्याचमा ६७ बलमै ८१ रन बनाएका थिए। 

दुई सय ७५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३४ ओभरमा १८४ रन बनाएको छ। 

सुझावित समाचार