आगलागीमा जलेकी हरिकलाको मृत्यु, सांसद भण्डारीको उपचार हुँदै

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

ग्यास चुहिएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएकी हरिकला भण्डारीको मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको पारिवारिक स्रोतले बतायो । 

आमासँगै दुर्घटनामा परेका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि आजै भारत लैजाने तयारी भएको छ । थप उपचारका लागि मुम्बईस्थिन नेसनल बर्न सेन्टरका चिकित्सकहरूसँग कुराकानी भइरहेको र केही समयमै भारत लैजाने तयारी भइरहेको स्वास्थ्यमन्त्री पदम गिरीले जानकारी दिए ।

सुझावित समाचार