कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसमा बिदा दिने

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा बिदा दिने भएको छ। कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने भएको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरका कर्णाली प्रदेशका सबै सरकारी कार्यालय तथा निजी संघसंस्थामा बिदा दिने निर्णय गरेको छ।

त्यस्तै, कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णराज जिसीलाई नियुक्त गरेको छ। 
 

सुझावित समाचार