राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल

सोमबार, २३ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छिन्। 

सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी हुन्। 

उनले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन सहजीकरण गर्ने बताइन्। उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरूबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन्।  

उनले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने बताइन्। त्यस्तै, महिलाहरूका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उनले बताइन्। 

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाले आफूलाई सर्वसम्मत रूपमा निर्वाचित गराउन भूमिका खेलेका बताइन्।

आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उनको भनाइ छ। 

सुझावित समाचार