कृषिमन्त्री भन्छिन् – तत्कालै ‘एक्सन’मा जान्छु

शनिबार, २१ माघ, २०७९
डिजिटल संस्करण

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानको समस्या समाधान गर्न ‘एक्सन’मा जाने बताएकी छिन् । 

चितवनमा नयाँ पत्रिकाकर्मी विवेक पोख्रेलसँगको कुराकानीमा मन्त्री साहले किसानले तरकारी सडकमा फाल्नुपर्ने अवस्था साह्रै पीडादायी रहेको बताइन् । 

‘चितवनका किसानले सडकमा तरकारी फालेको देखेर साह्रै पीडा लाग्यो,’ उनले भनिन्, ‘धेरै लगानी गरेर हामी उत्पादन गछौँ, त्यो उत्पादन सडकमा देख्नु पीडादायी भयो ।’

उनले बिचौलियाले मुनाफा कमाउने र किसानलाई सधैँ मर्का पर्ने गरेको बताइन् । ‘मैले यो विषयलाई नीतिगत रूपमा लैजान्छु । बाहिरबाट पनि आएर समस्या भएको छ रे । त्यो के कारणले भएको छ । हाम्रो तरकारीभन्दा सस्तो आएको छ भन्ने छ । सीमा क्षेत्रमा क्वारेन्टाइन ल्याब राखेर विषाधि परीक्षण गर्दा केही कम हुन्छ कि । म यो ढंगबाट अघि बढ्छु,’ उनले भनिन् ।

उनले भोलिदेखि नै परिणाम देखिने गरी एक्सनमा जाने बताइन् । ‘यो घट्ना सामान्य छैन । तुरुन्तै सचिवालय बोलाएर एक्सनमा जान्छु । कम्तीमा लगानीअनुसार मूल्य आओस् भनेर लाग्छौँ । किसान उत्साही हुने गरेर काम गछौँ ।’

सुझावित समाचार