कञ्चनपुरमा फेरि जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते

बुधबार, ११ माघ, २०७९
डिजिटल संस्करण
कञ्चनपुरमा फेरि जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते

फाइल तस्बिर

कञ्चनपुरमा फेरि जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । लालझाडी गाउँपालिका– ६ ढक्का शिविरकी रत्ना सार्की हात्तीको आक्रमणबाट घाइते भएकी हुन् ।

बुधबार दिउँसो खरियो काट्ने क्रममा ५५ वर्षीया रत्नालाई जंगली हात्तीले घाइते बनाएको आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरियो पुर्जी खोलेपछि उनी त्यहाँ गएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहका अनुसार घाइते महिलाको अवस्था चिन्ताजनक रहेको र उपचारका लागि अस्पताल लगिएको छ ।

यसअघि गत १९ पुसमा शुक्लाफाँटा नगरपालिका– १२ कालागौडीको ४४ वर्षीय जितबहादुर भाटमाथि जंगली हात्तीले आक्रमण गरेको थियो ।

सुझावित समाचार