जिम जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

- वर्कआउटसँगै शरीरलाई आवश्यक पर्ने डाइट पनि लिनुपर्छ । शरीरको तौलअनुसार उसलाई प्रोटिन चाहिन्छ भन्ने निर्धारण गरेर प्रोटिनयुक्त आहार लिनुपर्छ । अंकुराएको खानेकुरा अधिक मात्रामा खाँदा राम्रो हुन्छ । सोयाबिन, ओट्स, चिकेन चेस्ट, माछा, अन्डाको सेतो भाग, ब्रोकाउली, सलादलगायतका खानेकुरा खाँदा राम्रो हुन्छ । सुप, हरियो तरकारी शरीरका लागि आवश्यक हुन्छ । 

- दिनमा कम्तीमा तीनदेखि पाँच लिटरसम्म पानी पिउन जरुरी छ । जिम गर्नेले आफ्नो शरीरलाई हाइड्रेट गरिराख्नुपर्छ । 

- मानिसहरू सुरुमा निकै मिहिनेतका साथ जिम गर्छन् । तर, बिस्तारै छाड्दै जान्छन् । छोटो समय जिम गर्दैमा आकर्षक शरीर बन्दैन । यसका लागि लामो अवधिसम्म उस्तै लगावका साथ मिहिनेत गर्न जरुरी छ । त्यस्तै, तपाईंको जीवनशैली पनि अनुशासित हुनुपर्छ । तपाईंले फिटनेस ट्रेनर वा डाइटिसियनसँग परामर्श लिएर आफ्नो खानपान र जिम गर्ने समयलाई व्यवस्थित गर्न सक्नुहुन्छ । 

- शारीरिक सुगठनका लागि कम्तीमा सात–आठ घन्टा सुत्नैपर्छ । पर्याप्त निद्रा पुगेन भने जतिसुकै व्यायाम गरे पनि शरीर फिट रहन सक्दैन । हाम्रो मानसिक स्वास्थ्यका लागि पनि निद्रा महत्वपूर्ण छ । त्यसैले व्यायामसँगै पर्याप्त निदाउनुपर्छ । 

See More On

सुझावित समाचार