प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

बुधबार, २७ पुष, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् । आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको  भेटमा  एक–अर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।     

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले मंगलबार प्रतिनिधिसभाको बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । अधिकारी सोमबार नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
 

See More On

सुझावित समाचार