सुपर हेवा पावर कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सुपर हेवा पावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्नेसम्बन्धी सम्झौता गरेको छ।

सुपर हेवा पावर कम्पनीले रु १०० अंकित दरका रु ११ करोड ५४ लाख ३६ हजारबराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण सेयर निष्काशनको तयारी गरेको छ। उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्कबहादुर तामाङले हस्ताक्षर गरेका हुन्।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।

सुझावित समाचार