खराब मौसमले दिल्लीका आन्तरिक उडान प्रभावित

शनिबार, २३ पुष, २०७९
डिजिटल संस्करण

इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल  दिल्लीबाट हुने  करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण  प्रभावित भएका छन्।  

शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन्  जसकाकारण उडानमा विलम्ब भएको छ।

केन्द्रीय राजधानीसहित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा अवरोध भएको छ  जसमा विभिन्न गन्तव्यबाट विमानस्थलमा १२ भन्दा बढी आगमन उडानहरू पनि ढिलो भएका छन्।

इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल मौसमको सचेतता बारे सार्वजिनक सूचना जारी गरेको छ।  
 

सुझावित समाचार