जसपा संसदीय दलको नेतामा यादव निर्विरोध

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् । 

दलको नेता चयन गर्न आज भएको चुनावी प्रक्रियामा यादवको मात्र मनोनयन दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएका हुन् । 

संसदीय दलको नेतामा दाबी गर्दै आएका अशोक राई पछि हटेपछि यादव निर्विरोध भए । उनी बारा २ बाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । 

सुझावित समाचार