कांग्रेसका प्रकाशमान र एमालेका कृष्णगोपालबीच भेटवार्ता

सोमबार, १९ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमाले नेता कृष्णगोपाल श्रेष्ठबीच भेटवार्ता भएको छ। चाक्सीबारीस्थित सिंहनिवासमा दुई नेताहरूबीच भेटवार्ता भएको हो।

भेटमा दुई नेताबीच निर्वाचित भएकोमा बधाई तथा शुभकामना आदानप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको नेता सिंहको सचिवालयले जनाएको छ। नेता सिंह काठमाडौं १ तथा श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

सुझावित समाचार