काभ्रे १ ख मा तीन मतले तिर्थ लामा विजयी

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधि सभा क्षेत्र नं. १(ख) मा नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ बहादुर लामा विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार चन्द्र लामालाई तीन मतले पराजित गर्दै तिर्थ विजयी भएका हुन् ।

तिर्थ लामाले १९ हजार दुई सय ८० मत प्राप्त गरेका छन् भने निकटम प्रतिस्पर्धी चन्द्र लामाले १९ हजार दुई सय ७७ मत प्राप्त गरेका छन् । तिर्थ लामा दोस्रो संविधान सभा सदस्य हुन् भने चन्द्र लामा २०७४ सालमा सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भई बागमती प्रदेश मन्त्री समेत भएका थिए ।

सुझावित समाचार