रसुवामा मोहन आचार्यको फराकिलो अग्रता

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

रसुवामा मोहन आचार्यले फराकिलो अग्रता कायम राखेका छन् । मतगणनाको सुरुवातीदेखिनै आचार्यले फराकिलो मतले अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार १४ हजार नौ सय ६४ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोहन आचार्यले नौ हजार ६ सय १५ मत प्राप्त गरेका छन् ।

आचार्यका प्रतिद्धन्द्धी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले चार हजार ६ सय ६० मत प्राप्त गरेका छन् । आचार्य तामाङभन्दा चार हजार नौ सय ५५ मतले अगाडि छन् ।

सुझावित समाचार