सिटौलासँग मतान्तर बढाउँदै राप्रपा अध्यक्ष लिङ्देन

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

 झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै लगेका छन् ।  

लगातार अग्रता कायमै राखेका लिङ्देनले अहिले मतान्तर बढाएका हुन् । उनले सुरुवातदेखिनै अग्रता लिइरहेका हुन् ।  

लिङ्देनले सिटौलासँग एक हजार दुई सय ३६ को मतान्तर बनाएका हुन् । लिङ्देनले चार हजार तीन सय ९४ मत ल्याउँदा सिटौलाले तीन हजार एक सय ५८ मत ल्याएका छन् ।

सुझावित समाचार