नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेसका डा.खगेन्द्र अधिकारीले मतान्तर घटाउन सुरु गरेका छन् । सुरुमा दोब्बरको अग्रता लिइरहेका ओलीको मतान्तर घटिरहेको हो ।
१८ हजार ती सय ४८ मत गणना हुँदा ओलीले ८ हजार नौ सय ७८ मत ल्याएका छन् । कांग्रेसका डा. अधिकारीले पाँच हजार चार सय ४८ मत ल्याएका छन् । ओली र अधिकारीबीच तीन हजार पाँच सय ३० मतको फरक छ ।
हालसम्म एक हजार एक सय १८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । ओली र अधिकारी ०७४ मा पनि प्रतिस्पर्धा गरेका थिए । योपटक झापा(५ मा प्रतिनिधिसभाका लागि ओली र अधिकारीसहित २५ जनाले प्रतिस्पर्धा गरेका छन् ।