बाँके २ मा इस्तियाकभन्दा धवलशमशेर ११४० मतले अगाडि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा बाँके क्षेत्र नं. २ मा एमाले–राप्रपा गठबन्धनका राप्रपा उम्मेदवार डा. धवलशमशेर राणाले अग्रता कायमै राखेका छन्। कुल चार हजार २५५ मत गणना हुँदा राप्रपाका डा. राणाले दुई हजार २५३ मतका साथ अगाडि छन्। 

उनलाई पूर्वमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले पछ्याई रहेका छन्। राईले एक हजार ११३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणाले ३०२ मात्र पाएका छन्। यो कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहक्षेत्र हा । 
 

See More On

सुझावित समाचार