मोरङ ६ मा शेखर अघिअघि, लालबाबु पछिपछि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्यमा मोरङको ६ नम्बर क्षेत्रमा कांग्रेसका डा. शेखर कोइरालाले सुरुवातीदेखिको अग्रता जोगाइरहेका छन्। 

पछिल्लो मतगणनाअनुसार कांग्रेसका डा शेखर कोइरालाले ७ सय २० मत प्राप्त गरेका छन्। उनलाई एमालेका लालबाबु पण्डितले ५ सय १७ मतले पछ्याइरहेका छन्। पण्डित यसअघि सोही क्षेत्रमा डा. कोइरालालाई पराजित गरी निर्वाचित भएका थिए। 

मोरङ ६ मा कुल १ लाख २६ हजार ६ सय ७१ मतदाता रहेमध्ये ८५ हजार ८ सय २७ ले मतदान गरेका छन्। 
 

See More On

सुझावित समाचार