मोरङ ५ मा एमालेका ‘बागी’ मण्डलले लिए फराकिलो अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले फराकिलो अग्रता लिएका छन्। 

निर्वाचन कार्यालयका अनुसार एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्रले १३ सय मत प्राप्त गरेका छन्। 
एमालेको गठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका राजकुमार यादवले भने एक सय मत मात्र प्राप्त गरेका छन्।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डलले ३ सय मत ल्याएका छन् । मण्डल यसअघि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। हालसम्म यहाँ कुल १७ सय मत गणना भएको छ। 

यो क्षेत्रमा कुल १ लाख ४ हजार ९४ मतदातामध्ये ७२ हजार ९ सय ७३ ले मतदान गरेका छन् । यहाँ एमाले र जनता समाजाबादीको गठबन्धन थियो। 

See More On

सुझावित समाचार