कांग्रेस उपसभापति खड्काले गरे गुर्भाकोटबाट मतदान

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोटबाट मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन्।

उपसभापति खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट सत्तागठबन्धनका साझा उम्मेदवार हुन्। खड्काविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएपछि खड्का सुरक्षित देखिएका छन्। 

सुझावित समाचार