राजधानीमा गुञ्जियो ‘उठीबासको त्रास कहिलेसम्म ?’ (फोटोफिचर)

बिहिबार, १ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बसोवास गर्ने भूमिहीन, सुकुमबासीहरूले आज माइतीघर मण्डलाबाट सरकारलाई खबरदारी गरेका छन् । 

माइतीघर मण्डलामा जम्मा भएका सयौँ भूमिहीन, सुकुमबासी, स्ववासीहरूका गर्जन देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारसम्मै सुनिएको थियो । 

भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर–टहरा जबर्जस्ती हटाउन पटकपटक प्रयास गरिएको भन्दै उनीहरूले सरकारलाई प्रश्न गरेका छन्, ‘उठीबासको त्रास कहिलेसम्म ?’

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मुखैमा निकालिएको विशाल खबरदारी र्‍यालीलाई नयाँ पत्रिकाकर्मी अमुल थापाले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन् । 

सुझावित समाचार