मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Friday, 14 August, 2026
अमुल थापा काठमाडौं
२o७९ मङ्सिर १ बिहीबार १३:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा भूमिहीन सुकुमबासीको विशाल र्‍याली

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार १३:२o:oo

भूमिहीन सुकुमबासीहरूले राजधानीमा विशाल र्‍याली प्रदर्शन गरेका छन् । 
भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर–टहरा जबर्जस्ती हटाउन पटकपटक प्रयास गरिएको भन्दै विरोधमा खबरदारी र्‍याली निकालेको र्‍यालीका सहभागीले जनाएका छन् । 

र्‍याली काठमाडौंको माइतीघर क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढेको थियो । र्‍यालीपछि अहिले कोणसभा चलिरहेको छ । 

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुमबासी पार्टी लोकतान्त्रिक, अव्यवस्थित सुकुमबासी संघ, सुकुमबासी व्यवस्थापन संघ, भूमिहीन सुकुमबासी संगठन, नेपाल लोकतात्रिक सुकुमबासी संघलगायत भूमिहीन सुकुमबासीका पक्षमा काम गर्ने विभिन्न २४ संघसंस्थाले र्‍याली निकालेका हुन् । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला पनि र्‍यालीको अग्रभागमा देखिएका छन् । 

र्‍यालीका सहभागीले गरिब मार्न पाइँदैन, डोजरआतंक बन्द गर, उठीबासको त्रास कहिलेसम्म ?,  हाम्रो मानव अधिकार खोइ ? जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका छन् ।