चुनावी सभालाई सम्बोधन गर्न भोजपुर पुगे प्रचण्ड

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न भोजपुर पुगेका छन्। 

भोजपुरको पौवादुम्मा गाउँपालिका– २  तिवारी भञ्ज्याङमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड अपराह्न सवा चार बजे पुगेका हुन्।

मोरङको गछिया, सुनसरीको धरान र ताप्लेजुङमा आयोजना भएको चुनावी सभालाई सम्बोधन गरेपछि भोजपुरको सभामा सम्बोधन गर्न पुगेका हुन्।भोजपुरपछि उनी बुधबारै खोटाङमा आयोजना भएको चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ।  

भोजपुरमा गठबन्धनले आयोजना गर्ने चुनावी सभास्थलनजिकै बुधबार दिउँसो साढे २ बजेतिर विस्फोट भएको थियो। विस्फोटमा परेर एकजना घाइते भएका थिए। आफैँले झोलामा बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा भोजपुर चरम्बीका सुमन श्रेष्ठ घाइते भएका थिए।  
       
 

सुझावित समाचार