मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Wednesday, 02 September, 2026
२o७९ कार्तिक २८ सोमबार १७:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड क्रान्ति र शान्ति दुवैका नायक हुन् : नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १७:o५:oo

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन्।  

गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाजस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताएका हुन्। 
 
‘शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्,’ वरिष्ठ नेता पौडेलले भने, ‘प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ।’ उनले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताए। 

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यही अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताए। 

‘हँसिया हतौडासँग डराउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘रुखले हँसिया हताैडालाई भोट हाल्नुस्, हँसिया हतौडाले रुखलाई भोट हाल्नुस् यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ।’ प्रचण्डले निर्वाचन जितेर गएपछि उनले नै देशको नेतृत्व गर्न सक्ने पाैडेलको दाबी छ। रासस