१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २८ सोमबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालले यू– १९ महिला विश्वकप संयुक्त रूपमा आयोजना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार o९:o४:oo

नेपाल र बंगलादेशले सन् २०२७ को आइसिसी महिला यू–१९ विश्वकप संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले आइतबार बंगलादेशलाई आयोजक र नेपाललाई सहआयोजक मान्दै विश्वकप आयोजना गर्न जिम्मेवारी दिएको हो ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले विश्वकप आयोजना गर्न ठूलो ‘लबिङ’ गरेको बताए । उनले यो गौरवको विषयसमेत भएको जनाए । ‘आयोजना गर्न बंगलादेश र आइसिसीसँग ठूलो ‘लबिङ’ गरेका थियौँ,’ चन्दले भने, ‘बंगलादेशले पनि सहजै स्वीकार गरेको थियो ।

आयोजना गर्ने अवसर पाएका छौँ । आजका मितिबाट तयारी सुरु गर्नेछौँ । चार वर्षमा पूर्वाधारका काम पूरा गर्छौं,’ चन्दले बताए । 

ad
ad
ad
ad