मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २६ शनिबार १७:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ल्याब प्राविधिकलाई ‘कोभिड १९ पिसिआर हिरो’ बाट सम्मान गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २६ शनिबार १७:३९:००

कोभिड महामारीको समयमा जोखिम मोलेर ल्याबमा काम गरेका प्रयोगशालाकर्मीलाई ‘कोभिड १९ पिसिआर हिरो’ सम्मान दिइने भएको छ। नेपाल सरकारी प्रयोगशाला व्यवसायी संघ (गोलन)ले देशभरिबाट १०० जना प्रयोगशालाकर्मीलाई सम्मान गर्न लागेको हो।

कोभिड–१९ महामारीबीच ल्याब प्राविधिकको रूपमा काम गर्नु निकै जोखिमपूर्ण रहेको र जोखिम मोलेरै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीबिना काममा खटिएका प्रयोगशालाकर्मीको मनोबल बढाउने उद्देश्यले सम्मान गर्न लागेकाे गोलनका अध्यक्ष राजेशकुमार गुप्ताले बताए। 

कोभिड १९ पिसिआर हिरोका लागि देशभरबाट आवेदन दिन आग्रह गरिएको छ। हाल देशभरका ल्याबहरूमा कार्यरत प्रयोगशालाकर्मीले आवश्यक मापदण्ड पुर्‍याई आवेदन दिन सक्ने बताइएको छ।

आवेदनका लागि देशमा महामारी घोषणा भएपछि निजी र सार्वजनिक प्रयोगशालामा कम्तीमा छ महिना काम गरेको हुनुपर्ने र योग्य उम्मेदवार हुन प्रमाणित गर्ने कानुनी कागजातसहित इमेलमा आवेदन दिन सकिने जनाइएको छ। आवश्यक कागजातसहित १५ मंसिरसम्म आवेदन दिन सकिने गोलनले जनाएको छ। हाल देशभर ३० हजारको संख्यामा ल्याब प्राविधिक कार्यरत छन्।