मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Friday, 28 August, 2026
२o७९ कार्तिक २५ शुक्रबार १४:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडामा फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार १४:o७:oo

हेटौँडामा शुक्रबार बिहान उपमहानगरपालिकाले नियमित फोहाेर फाल्ने गरेको स्थानमा सालनालसहितको शिशुको शव फेला परेको छ।
  
हेटौँडा उपमहानगरपालिका– १० स्थित राप्तीखोला किनारमा उपमहानगरपालिकाले फोहाेर फाल्न ल्याउँदा बोराभित्र प्याक गरिएको अवस्थामा शिशुको शव फेला परेको हो।

उपमहानगरपालिकाको ना.४त २६९८ नम्बरको फोहाेर बोक्ने ट्याक्टरले महानगरको विभिन्न स्थानबाट ल्याएको फोहोर व्यवस्थापन गर्ने क्रममा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

प्रहरी प्रवक्ता कार्कीले उक्त शव अन्दाजी आठ–नाै महिनाको सालनालसहित बोराभित्र प्याक गरिएको अवस्थामा फेला परेको बताए। शवलाई हेटौँडा अस्पताल ल्याइएको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।