मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Thursday, 19 December, 2024
२o७९ कार्तिक २३ बुधबार o७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्युठानमा जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गयो, १२ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार o७:४९:oo

प्युठानको कुडापानीमा जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु.१ज ३७०७ नम्बरको फोर्स जिप गएराति प्युठान नगरपालिका– ५  कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना हुँदा सोही वडाको पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका– ५ बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरीकुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेकोे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिए । चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय विनोद केएम सामान्य घाइते भएका छन् ।

गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भइरहेको छ । घटनास्थलबाट घाइतेकाे स्थानीय, नेपाल प्रहरी, जनप्रतिनिधिलगायतले उद्धार गरेका थिए ।