मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २१ सोमबार १७:३४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनी बिकास बैंक र नेसनल प्याब्सन मधेश समितिबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २१ सोमबार १७:३४:००

लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मधेश प्रदेश समितिबीच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार नेसनल प्याब्सन मधेश प्रदेशसँग आबद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरूलाई बैंकले दुर्घटना बिमाका साथै स्वास्थ्य बिमा सुविधा प्रदान गर्नेछ। सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेसनल प्याब्सन मधेश प्रदेश समितिको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरी, नेसनल प्याब्सन मधेश प्रदेश समितिका प्रदेश सचिव जितेन्द्रप्रसाद यादव, सहसचिव के.एस. फिजिसियन, सदस्यहरू मालती कुमाल, विजय यादव, वसन्त ढकाल, चन्दन यादव, पर्सा जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ, सचिव प्रमोद सहनि, कोषाध्यक्ष राजेश लिम्बू, सोनालाल पटेल, उत्तम गुप्तालगायतको उपस्थिति थियो।