मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
\\\\\\\'प्लेयर अफ दि म्याच\\\\\\\' मधेश प्रदेशका राजेश यादव
२०७९ कार्तिक २१ सोमबार १७:१७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप : एक खेलअगावै मधेश प्रदेश सेमिफाइनलमा

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २१ सोमबार १७:१७:००

एक खेलअगावै मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मधेशका राजेश यादवले अन्तिम ओभरको दोस्रो बलमा बागमतीका रिजन ढकाललाई १ रनमा आउट गरेसँगै खेल बराबरीमा सकिएको छ। १९१ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ४९.२ ओभरमा १९० रनमा अलआउट भयो।

बागमतीका पृथु बाँस्कोटाले ५२ बल खेल्दै १ छक्का र २ चौकासहित ४० रनको योगदान गरेका थिए। बाँस्कोटालाई रुपेश सिंहले एलबिडब्यू आउट गरे। ओपनर रित गौतमले ८३ बलमा ४ चौकासहित ३२, ईशान पाण्डेले ३४ बलमा ३ चौकासहित ३१, विवेक मगरले ५१ बलमा २५ तथा सूर्या तामाङले ३२ बलमा १ छक्का र २ चौकासहित २८ रनको योगदान गरे।

बागमतीका पाँच खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। कप्तान ज्ञानेन्द्र मल्ल २, विकेटकिपर दुर्गेश थापा शून्य, नन्दन यादव ३, रिजन ढकाल १ र प्रतिशत जिसीले ८ रन मात्र बनाउन सके।

बलिङतर्फ राजेश यादवले ६.२ ओभरमा २२ रन खर्चिँदै ३ विकेट, प्रदीप पासमानले ९ ओभरमा ३४ रन खर्चिँदै ३ विकेट, रुपेश सिंहले १० ओभरमा ४० रन खर्चिँदै २ र कप्तान हरिशंकर साहले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चिएर १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश ४६.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। सुरुवात राम्रो गरे पनि बलियो योगफल तयार गर्नबाट मधेश प्रदेश चुक्यो। ७.४ ओभरमा २६ रनमा पहिलो विकेटको रूपमा मधेश प्रदेशका कप्तान हरिशंकर साह १३ रन बनाउँदै आउट भए। बागमतीका नन्दन यादवको बलमा कप्तान साह बोल्ड आउट भएका थिए। २२ बल सामना गरेका उनले ३ चौका प्रहार गरे।

दोस्रो विकेटको रूपमा १७औँ ओभरमा ओपनर सन्तोष कार्की व्यक्तिगत २३ रनको स्कोरमा आउट भए। टिमको स्कोर ७० रनको अवस्थामा कार्की प्रतिश जिसीको बलमा बोल्ड भए। उनले ४८ बल सामना गर्दै ३ चौका प्रहार गरेका थिए। २१.२ ओभरमा ९५ रनको अवस्थामा तेस्रो विकेटको रूपमा विकेट किपर अनिल साह व्यक्तिगत १० रन जोड्दै आउट भए। उनलाई बागमतीका सूर्य तामाङले एलबिडब्लू आउट गरे।

चौथो विकेटको रूपमा १२८ रनको स्कोरमा २९.४ ओभरमा सुशील सुसलिङ ११ (२६) रन बनाउँदै रामनरेश गिरीको बलमा पृथु बाँस्कोटाद्वारा क्याच आउट भए। रोहन विक पाँचौँ विकेटको रूपमा खराब सर्ट प्रहार गर्ने क्रममा आउट भए। टिमको स्कोर १५७ रनको अवस्थामा ३५.४ ओभरमा विक क्याचआउट भएका थिए।

यस्तै, बलिङतर्फ बागमतीका नन्दन यादवले ९ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। सूर्य तामाङले १० ओभरमा १ ओभर मेडन राख्दै २० रन खर्चिएर ३ विकेट लिँदा रामनरेश गिरीले ८ ओभरमा ३८ रन खर्चिएर २ तथा प्रतिश जिसीले ७.२ ओभर बलिङ गर्दै २ विकेट लिए।

राजेश यादव प्लेयर अफ दी म्याच घोषित भएका छन्। यादवले बागमतीका कप्तान ज्ञानेन्द्र मल्ललाई २, दुर्गेश थापालाई शून्य र अन्तिम ओभरमा रिजन ढकाललाई १ रनमा आउट गरेका थिए।

विकले पूरा गरे अर्धशतक
जारी प्रतियोगितामा अर्धशर्तक पूरा गर्ने मधेश प्रदेशको अर्का खेलाडीको रूपमा रोहन विक थपिएका छन्।
९४ बल खेलेका विकले २ छक्का र ६ चौकाको मद्दतले ६३ रन बनाए। रामनरेश गिरीको खराब सट प्रहार गर्ने क्रममा विवेक मगरद्वारा क्याच आउट भए।

जारी प्रतियोगितामा मधेश प्रदेशका कप्तान हरिशंकर साह, ओपनर सन्तोष कार्की र विकेटकिपर अनिल साहले अर्धशतक बनाइसकेका छन्।