मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २१ सोमबार १५:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘सदाचार दीप सम्मान- ०७९’बाट पूर्वप्रधानन्यायाधीश कार्कीसहित पाँच सम्मानित हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार १५:४९:oo

यस वर्षको  ‘सदाचार दीप सम्मान– ०७९’ बाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित पाँचजना सम्मानित हुने भएका छन्।

‘एन्टिकरप्सन एकेडमी नेपाल’ले गर्ने सम्मान पाउनेमा कार्कीसहित बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य,  समाजसेवी भद्रकुमारी घले, शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मा र नेपाल सरकारका पूर्वसचिव भरतबहादुर थापा छन्। 

न्यायसेवा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कार्कीलाई सम्मान गर्न लागिएको हो। यस्तै राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत शाक्यलाई सम्मान गर्न लागिएको एकेडेमीले जनाएकाे छ। 

त्यस्तै, समाज सेवाको क्षेत्रबाट घले, शिक्षा क्षेत्रबाट प्रा.डा. शर्मा र निजामती प्रशासनको क्षेत्रबाट थापालाई सम्मान गर्न लागिएको एकेडेमीका व्यवस्थपक दिल बस्नेतले जानकारी दिए। 

बस्नेतका अनुसार सम्मान अगामी १० मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिनेछ। एकेडेमीले गर्न लागेको यो दोस्रोपटकको सम्मान हो।