फिफा विश्वकप–२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ । कम्पनीले भायाटिभीका ग्राहकलाई पाँच सय रुपैयाँमा विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको हो ।
कम्पनीले भायाटिभीका हालका ग्राहकले पाँच सय रुपैयाँमा सबै विश्वकप खेलहरू प्रत्यक्ष हेर्न सक्ने जनाएको छ । यो अफर सेट–टप–बक्स प्रयोगकर्ताका लागि मात्र मान्य हुने जनाइएको छ । यसबाहेक भायाटिभीको ‘ब्रिंग होम द गेम’ अफरअन्तर्गत ग्राहकले प्रतिमहिना एक सय ५० रुपैयाँसम्ममा भायाटिभी र प्रतिमहिना एक हजार रुपैयाँमा दुई सय एमबिपिएस भायानेट अल्ट्रा–फाई इन्टरनेट पनि पाउन सक्ने उल्लेख छ ।
वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडेबापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । ३२ इन्चको हिमस्टार एलइडी टिभी १२ हजार एक सय रुपैयाँ ४३ इन्चको स्मार्ट टिभी २४ हजार तिन सय रुपैयाँ सम्मको मूल्यमा खरिद गर्न पाउने जनाइएको छ ।
यसका साथै भायाटिभीको आइएसपस पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलोपटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट–टप–बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटरमध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको जनाइएको छ ।