१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १८ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १८ शुक्रबार १४:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १८ शुक्रबार १४:१८:oo

ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायीहरूले सडक आन्दोलन सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै व्यवसायीहरूले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा मौन प्रदर्शन गरेका हुन्।

मुलुकको उद्योग, व्यवसायलाई बचाउन एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न उनीहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। विगत ६ महिनायता मात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरू मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य भएको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए।

बैंक तथा वित्तीय संस्थाहरूले स्वदेशी उद्योगी, व्यवसायीलाई मारमा पार्ने काम गरेकाले मुलुकको अनधिकृत व्यापार फस्टायाएको भन्दै उनले आक्रोश व्यक्त गरे।

सरकारद्वारा बैंकिङ तरलता, बैंक ब्याजदर, लागत न्यूनीकरणका लागि सुझाव दिन गठित उच्चस्तरीय समन्वय समितिले कामै नगरेको भन्दै व्यवसायीले आक्रोश पोखेका छन्।

विरोध प्रदर्शनमा महासंघअन्तर्गतका सबै उद्योगी, व्यवसायी सहभागी भएका थिए। उनीहरूले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंकभन्दा बढी ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरू प्रदर्शन गरेका थिए।

महासंघले ब्याजदर घटाउनेलगायतका माग राखी अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकलाई पनि ध्यानाकर्षणपत्र बुझाउने जनाएको छ।

ad
ad
ad
ad