१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १८ शुक्रबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १८ शुक्रबार o७:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्काई ब्लुकी पूर्वकर्मचारी  बस्नेत ठगी धन्दामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १८ शुक्रबार o७:oo:oo

स्काई ब्लु टेक्नोलोजी नेपालकी पूर्वकर्मचारी सेलिना बस्नेत पनि ठगीमा संलग्न भएको खुलेको छ । बैंकिङ कसुर अभियोगमा उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पुर्जी जारी गरेको छ । कम्पनीका सञ्चालक श्यामराज पाण्डे पनि वैदेशिक रोजगार ठगी कसुरका फरार अभियुक्त हुन । 

सेलिनाविरुद्ध रविना बुढाथोकीले प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि परिसरले सेलिनाविरुद्ध उच्च अदालत पाटनमा पक्राउका लागि गत ३१ असोजमा अनुमति मागेको थियो । त्यही दिन परिसरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरीलाई पक्राउ गर्न पत्र काटेको थियो । परिसरका प्रवक्ता एसपी सुधीर शाहीले सेलिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए । 

सेलिनाले वैदेशिक रोजगारमा अमेरिका पठाइदिने भन्दै चितवनको भरतपुर महानगरपालिका– २४ का विष्णु जिम्बाबाट १७ लाख रुपैयाँ असुलेकी थिइन् । नयाँ पत्रिकाको सम्पर्कमा आएका ३८ वर्षीय जिम्बाले सेलिनाविरुद्ध ललितपुर परिसरमा जाहेरी दिएको बताए । उनले भने, ‘अमेरिका पठाइदिने भन्दै मबाट पटकपटक गरी १७ लाख रुपैयाँ असुलिन् । तर, अमेरिका पठाउन सकिनन् । पछि उनले मलाई १७ लाखको चेक काटेर दिइन् । तर, बैंकमा रकम थिएन । चेक बाउन्सपछि मैले उनीविरुद्ध ललितपुर प्रहरीमा जाहेरी दिएको छु ।’

प्रहरीबाट पक्राउ पुर्जी जारी भएको सन्दर्भमा सेलिनाले भने अनभिज्ञता जनाएकी छिन् । आफू ब्लु स्काईको पूर्वकर्मचारी भएको, तर आफूविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी नभएको उनले नयाँ पत्रिकासँग बताइन् । ‘बैंकिङ कसुरमा मविरुद्ध पक्राउ पुर्जी जारी भएको सन्दर्भमा मलाई जानकारी भएन । रविना र विष्णु भन्ने मान्छेलाई मैले चिनेको पनि छैन । ब्लु स्काईमा हुँदा मेरा विभिन्न बैंकका हस्ताक्षर भएका चेक थिए । त्यसैमा कसैले रकम भरेर चेक बाउन्स गरे कि ?’ उनको दाबी छ ।

दुईवटा पासपोर्ट नभएको श्यामराजको दाबी
वैदेशिक रोजगार ठगी कसुरमा विमानस्थलबाटै फरार श्यामराज पाण्डेले आफ्ना दुई पासपोर्ट र दुई नागरिकता नभएको दाबी गरेका छन् । उनका दुईवटा पासपोर्ट भएको समाचार बिहीबार नयाँ पत्रिकामा छापिएपछि श्यामराजले भने, ‘मेरो एउटा पासपोर्ट ‘क्यान्सल्ड’ भएको हो । मसँग दुईवटा नागरिकता छैन, पासपार्ट पनि दुईवटा होइन । जहाँसम्म समाचारमा उल्लेखित फरक–फरक नागरिकता नम्बरको सन्दर्भ छ, राहदानी विभागले नै प्रिन्ट मिस्टेक गरेजस्तो मलाई लाग्छ । यसबारे उतै (विभागमा) बुझ्नुस् ।’ 

नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार श्यामराजको नाममा २५ अगस्ट ०२१ मा १२३४३४१२ नम्बरको र २३ अक्टोबर ०१७ मा १०५९५१२५ नम्बरको पासपोर्ट जारी भएको देखिन्छ । यी दुई पासपोर्टमा नागरिकता नम्बर भने फरक–फरक क्रमशः १३७७६ र ७३७७६ उल्लेख छ । तर, जन्ममिति, ठेगाना र श्रीमतीको नाम दुवैमा एउटै छ । १०५९५१२५ नम्बरको राहदानीमा भने ‘क्यान्सल्ड विदआउट प्रजुडाइस’ उल्लेख छ, तर ‘क्यान्सल्ड’ भएको मिति उल्लेख छैन ।

राहदानी विभागकी प्रवक्ता दुरपदा सापकोटा दुईपटक जारी भएका पासपोर्टमा नागरिकता नम्बर नै फरक–फरक भएकाले यसबारे विस्तृत अनुसन्धान नै गर्नुपर्ने बताइन् । ‘श्यामराजको नागरिकता नम्बर र पछिल्लोपटक जारी भएको पासपोर्टमा उल्लेख गरिएको नागरिकता नम्बर फरक छ । त्यसैले उनले दोहोरो पासपोर्ट लिए वा अरू केही हो भनेर निक्र्योल गर्न डकुमेन्टहरू विस्तृत रूपमा हेर्नुपर्छ । हामी यसबारे अध्ययन गर्छौँ,’ उनले भनिन् ।