मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १५ मंगलबार
  • Thursday, 19 December, 2024
शिल्पा कर्ण काठमाडौं
२o७९ कार्तिक १५ मंगलबार २२:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोसपाका उम्मेदवारलाई अकुत सम्पत्ति आर्जनको मुद्दामा सफाइ 

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १५ मंगलबार २२:oo:oo

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा लोसपा नेता विनोदकुमार सिंहले सफाइ पाएका छन् । विशेष अदालतले उनीसहित चारजनालाई मंगलबार सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले उनीहरूलाई सफाइ दिने निर्णय गरेको हो । 

राजनीतिमा आउनुअघि नेपाल सरकारको कर्मचारी रहेका सिंहलाई झन्डै दुई करोड रुपैयाँ अकुत सम्पत्ति कमाएको अभियोगमा चार वर्षअघि मुद्दा दायर भएको थियो । सिंहले सहायक वन अधिकृतको पदबाट राजीनामा दिएका थिए । 

१३ फागुन २०४३ देखि अवकाश पाउँदासम्म कुल आय एक करोड ६० लाख रुपैयाँ हुनुपर्नेमा उनी र उनका परिवारको नाममा तीन करोड ५१ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको थियो । एक करोड ९१ लाख ६१ हजार रुपैयाँभन्दा ठूलो रकमको स्रोत नखुलेको भन्दै सोहीबराबर बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो । 

अख्तियारले १९ कात्तिक २०७५ मा सिंहसहित उनकी श्रीमती गीतादेवी सिंह र छोराहरू अनुपकुमार तथा अचल कुमारलाई पनि जफत प्रयोजनका लागि प्रतिवादी कायम गरी मुद्दा दायर गरेको थियो । निजामती सेवाबाट राजीनामा दिएर सिंह राजनीतिमा सक्रिय छन् । हाल उनी लोसपाबाट मधेस प्रदेशको समानुपातिकतर्फको उम्मेदवार छन् ।